कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु
कैलालीको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको छ । सोमबार साँझ पौने ६ बजेतिर जीर्ण भैसकेको काठको पुलमा सेल्फी खिच्न लाग्दा उनी त्यहाँबाट गोदावरी खोलामा खसेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले रातोपाटीलाई बताए ।
३९ वर्षका शिक्षक भाटको खुट्टा, टाउको र शरीरमा चोट लागेको छ । आफन्तहरुका अनुसार उनी घरबाट नेपालगञ्ज जान भनेर हिँडेका थिए । मृतकका भाइ ठण्डराज भाटले खुट्टामा मात्र चोट लागेको भन्दै दाइको हत्या भएको दाबी गरेका छन् ।
तर, गोदावरीमा होटल संचालन गर्ने एकजना महिलाले ‘नजानु’ भन्दाभन्दै उनी जीर्ण पुलमा गएको र लडेको देखेको प्रहरीलाई बताएकी छिन् । प्रहरीले साँझ ५ बजेपछि सो पुलमा जान कडाई गरेको डिएसपी जोशीले बताए । उनले भने–‘बैकल्पिक पुल भएको हुनाले हामिले सो पुलमा जान कडाई गरेका छौं ।’ इलाका प्रहरी कार्याल मालाखेतीले घटनाबारे अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकार र विकृतिको समाधान समाजवाद: खनाल
-
जबलियामा इजरायली सेना र हमास लडाकुबिच भीषण संघर्ष
-
पाकिस्तान : बिजुली र आँटाको मूल्यवृद्धिको विरोधमा हिंसात्मक प्रदर्शन, तीन जनाको मृत्यु
-
इन्डोनेसियाको ‘क्लासी मोडल इन्टरनेशनल’मा प्रवीणले नेपाल चिनाउने
-
मुम्बईमा होर्डिङ भत्किँदा आठ जनाको मृत्यु, ६० जना घाइते
-
कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान