कैलालीको गोदावरी पुलबाट खसेर शिक्षकको मृत्यु
कैलालीको गोदावरी पुलबाट खसेर अछाम घर भएका शिक्षक रुपराज भाटको मृत्यु भएको छ । सोमबार साँझ पौने ६ बजेतिर जीर्ण भैसकेको काठको पुलमा सेल्फी खिच्न लाग्दा उनी त्यहाँबाट गोदावरी खोलामा खसेका थिए । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) वेद प्रकाश जोशीले रातोपाटीलाई बताए ।
३९ वर्षका शिक्षक भाटको खुट्टा, टाउको र शरीरमा चोट लागेको छ । आफन्तहरुका अनुसार उनी घरबाट नेपालगञ्ज जान भनेर हिँडेका थिए । मृतकका भाइ ठण्डराज भाटले खुट्टामा मात्र चोट लागेको भन्दै दाइको हत्या भएको दाबी गरेका छन् ।
तर, गोदावरीमा होटल संचालन गर्ने एकजना महिलाले ‘नजानु’ भन्दाभन्दै उनी जीर्ण पुलमा गएको र लडेको देखेको प्रहरीलाई बताएकी छिन् । प्रहरीले साँझ ५ बजेपछि सो पुलमा जान कडाई गरेको डिएसपी जोशीले बताए । उनले भने–‘बैकल्पिक पुल भएको हुनाले हामिले सो पुलमा जान कडाई गरेका छौं ।’ इलाका प्रहरी कार्याल मालाखेतीले घटनाबारे अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागी सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण