मधुसूदनको फिल्ममा भित्रिए आर्यन
अभिनेता आर्यन सिग्देलले नयाँ फिल्म साइन गरेका छन् । निर्देशक मधुसूदन भट्टराईले बनाउन लागेको नयाँ फिल्ममा उनी भित्रिएका हुन् । फिल्मको नाम भने अहिले गोप्य राखिएको छ । ‘डेस्टिनेशन काठमाडौँ’, ‘ब्ल्याक’, ‘निर्भय’ जस्ता फिल्म निर्देशन गरेका भट्टराई र आर्यनबीच फिल्मको विषयमा सोमबार सम्झौता भएको छ । फिल्ममा आर्यन ‘लभर ब्वाई’ को भूमिका देखिने निर्देशक भट्टराईले बताए ।
आरआर फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्म म्यूजिकल लभस्टोरी हुने बताइएको छ । फिल्ममा आर्यनको अपोजिटमा अभिनय गर्ने अभिनेत्री छनोट हुन भने बाँकी छ । ‘कास्ट एन्ड क्रियू’ फाइनल गरेर आउँदो बैशाखबाट फिल्मको छायाङ्कन सुरु गर्ने तयारी आफ्नो रहेको निर्देशक भट्टराईले बताए ।
आर्यनले पहिलो लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ अभिनय गरेका थिए । जसको छायाङ्कन अझै केही बाँकी छ । पछिल्लो समय केही फिल्म साइन गरेका आर्यनको कुनै फिल्म पनि फिल्मको छायाङ्कन सुरु हुन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण