कोरोना संक्रमण : जटिल अवस्थामा भर्ना हुनेको संख्या न्यून
नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण दर बढे पनि अस्पतालमा भर्ना हुनेको दर भने निकै कम रहेको जनाएको छ ।
बुधबार २३ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिए । कोरोना संक्रमणको दर एक सातादेखि धेरै संख्यामा बढिरहेको अधिकारीले बताए ।
संक्रमण दर बढे पनि जटिल अबस्थामा बिरामी भएर अस्पताल भर्ना हुने दर भने कम रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।
पछिल्लो साताको तुलनामा हाल १४.०२ प्रशिततले कोरोना संक्रमण दर बढेको डा. अधिकारीले बताए । मन्त्रालयका अनुसार देशभर आईसीयूमा १ सय ६९ जना उपचाररत छन् भने भेन्टिलेटरमा २८ जना कोरोना संक्रमित उपचाररत छन् ।
दोस्रो लहरमा कोरोना संक्रमणको दर बढेसँगै जटिल खालका बिरामी थपिनेको संख्या बढेका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिएसँगै नेपालमा देखिएको कोरोना संक्रमित गम्भीर खालको समस्यामा देखिएका छैनन् । हाल ५० हजार सक्रिय संक्रमित देखिँदा अस्पतालको सघन उपचार कक्षमा भर्ना हुनेको संख्या १ सय ७९ जना मात्रै रहेको डा. अधिकारीले जानकारी दिए ।
हाल यो भेरिएन्ट छिटो फैलने र छिटो निको हुने क्रममा रहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कोरोनाको लक्षण देखिना साथ पीसीआर परीक्षण नगर्न भनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको पत्रकार सम्मेलनमा ईडीसीडीका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कोरोनाका लक्षण देखिनासाथ पाँच दिन क्वारेन्टाइन बसाइँपश्चात् मात्र कोभिड परीक्षण गर्नुपर्ने बताए ।
‘ओमिक्रोन भेरिएन्ट अलि बढी संक्रामक छ । खोप लगाएका व्यक्तिमा पनि संक्रमण गराउन सक्छ । पाँच दिन क्वारेन्टाइन, नभए सात दिनसम्म आइसोलेसनमा बस्नुपर्छ, निर्देशक डा. पौडेलले भने, ‘यो भेरियन्टमा ज्वरो आउनु, नाक बन्द हुनु, रुघाखोकी लाग्नु, घाँटी दुख्नु कोभिडका लक्षण हुन सक्छन्, उनले भने, ‘पहिलाको तुलनामा अस्पतालमा भर्ना हुने दर कम देखिएको छ ।’ उनले हावा खेल्ने ठाउँमा बस्दा कोरोना संक्रमण फैलन नसक्ने भएकाले खुला ठाउँमा बस्न सुझाव दिए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण