शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

‘समर हट फेशन शो एण्ड म्युजिकल नाइट’ हुने

बिहीबार, ०६ माघ २०७८, १३ : ००
बिहीबार, ०६ माघ २०७८

‘समर हट फेशन शो एण्ड म्युजिक नाइट’ आयोजना हुने भएको छ । पेजेन्ट नेपालले जाडो सकिने र गर्मी लाग्ने बितिक्कै फेसन शो आयोजना गर्ने जनाएको छ । फेसन शोका लागि मोडल छान्ने उदेश्यले शनिबार (८ गते) टेम्पल ट्री रेष्टुरेन्ट एण्ड लाउन्ज हात्तीसार अडिसन समेत आयोजना गरिएको छ ।

अडिसनबाट छनिएका मोडललाई केही महिनाको ट्रेनिङ पछि फेसन शोमा उतारिने आयोजक संस्थाका प्रमुख कुबेर तामाङले बताए । ​आयोजकका अनुसार अहिले सुरक्षा तथा स्वास्थ्य मापदण्ड अपनाएर अडिसन गरिनेछ । समय अनुकुल हेरेर फेसन शो आयोजना हुनेछ । 

कलाकारिता, मोडलिङ, फेशन आइकन तथा समाजसेवी लगायतका प्रतिष्ठितहरु निर्णायक रहने अडिसनमा मोडलिङ प्रति रुचि भएका युवा युवती, कलाकार र मोडलले समेत सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप