आमिर खान, करण सिंह ग्रोवरदेखि श्वेता तिवारीसम्मः दोस्रो विवाह पनि सफल नभएका यी सेलिब्रिटी
साउथका चर्चित अभिनेता चिरञ्जिवीकी छोरी श्रीजाका श्रीमान् कल्याणसँग अलिग्गएको खबर चर्चामा छ । श्रीजाले आफ्नो सोसल मिडिया अकाउन्टबाट श्रीमानको थर हटाएकी छिन् जसका कारण यसबारे हल्ला फैलिएको हो । श्रीजाले पहिलो विवाह असफल भएपछि कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् । तर अब यो पनि टुट्न लागेको हो कि भन्ने अफवाह चर्किएको छ । उनीअघि पनि बलिउडमा यस्ता थुप्रै सेलिब्रिटी छन् जसको दोस्रो विवाह पनि असफल भइसकेको छ । आउनुहोस्, ती सेलिब्रिटीबारे जानकारी लिऔँः
आमिर खानः
बलिउडका मिस्टर परफेक्सनिस्ट भनिने आमिर खान विवाह भने परफेक्ट हुन सकेनन् । अभिनेताले सन् १९८६ मा रिना दत्तासँग पहिलो विवाह गरेका थिए जुन सन् २००२ मा टुटेको थियो । त्यसपछि आमिरले लगानकी सह–निर्देशक किरण रावसँग दोस्रो विवाह गरेका थिए तर सन् २०२१ मा आमिर खानसँग उनको सम्बन्धविच्छेद भयो । पहिलो विवाहबाट आमिरका दुई सन्ता आइरा, जुनैद र दोस्रो विवाहबाट छोरा आजाद छन् ।
करण सिंह ग्रोवरः
टेलिभिजनदेखि बलिउडसम्म पहिचान बनाइसकेका करण सिंह ग्रोवरले एक नभई तीन विवाह गरेका छन् । करणको पहिलो विवाह सन् २००८ मा श्रद्धा निगमसँग भएको थियो । एक वर्षपछि जेठी श्रीमतीसँग सम्बन्धविच्छेद गरेपछि करणले जेनिफर विंगेटसँग सन् २०१२ मा दोस्रो विवाह गरे तर दुई वर्षपछि यी दुईको सम्बन्धविच्छेद भयो । करणले तेस्रो विवाह बिपाशा बसुसँग गरेका छन् ।
श्वेता तिवारीः
राजा चौधरीसँग सन् २००७ मा सम्बन्विच्छेदपछि श्वेता तिवारीले सन् २०१३ मा अभिनव कोहलीसँग दोस्रो विवाह गरिन् । सन् २०१७ मा यी दुईबीच ठाकठुक सुरु भएको थियो र सन् २०१९ मा यी दुई अलग्गिए । श्वेताले अभिनवमाथि घरेलु हिंसाको मुद्दा दर्ता गरेकी थिइन् । हाल यी दुईबीच छोरा रेयांशको कस्टडीको लडाईं चलिरहेको छ ।
निलिमा अजिमः
निलिमा अजिमले सन् १९७९ मा पंकज कपुरसँग पहिलो विवाह गरेकी थिइन् जसबाट उनका एक छोरा शाहिद कपुर छन् । पाँच वर्षपछि पंकजसँग सम्बन्धविच्छेद गरेर निलिमाले सन् १९९० मा राजेश खट्टरसँग विवाह गरेकी थिइन्, उनीबाट उनका एक छोरा इशान खट्टर छन् । ११ वर्षपछि यी दुईले सन् २००१ मा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि नायिकाले सन् २००४ मा रजा अली खानसँग विवाह गरेकी थिइन् तर यो पनि पाँच वर्षसम्म मात्रै चल्न सक्यो ।
विनोद मेहराः
दिवंगत अभिनेता विनोद मेहराले पनि दुईवटा विवाह गरेका थिए जुन असफल रहेको थियो । उनले पहिलो विवाह किरण मेहरासँग र दोस्रो बिन्दिया गोस्वामीसँग गरेका थिए ।
कबिर बेदीः
अभिनेता कबिर बेदीले सन् १९६९ मा प्रोतिमा बेदीसँग पहिलो विवाह गरेका थिए जुन पाँच वर्षमा टुट्यो । त्यसपछि अभिनेताले सन् १९९२ मा निक्की वेदीसँग विवाह गरेका थिए जुन २००५ सम्म चल्यो । सन् २०१६ मा कबिरले परवीन दोसांझसँग विवाह गरेका छन् जो उनकी छोरी मानिका बेदीभन्दा कान्छी छिन् । कबिर ७६ वर्षका भए भने उनकी तेस्री श्रीमती ४६ वर्षकी छिन् ।
जेबा बख्तियारः
नायिका जेबा बख्तियारले तीनवटा विवाह गरेकी छिन् तर अससोस कि यी तिनैवटा विवाह असफल रहे । नायिकाले पहिलो विवाह सलमान वालियांसँग गरेकी थिइन् । सलमानसँग सम्बन्धविच्छेदपछि जेबाले सन् १९८९ मा जावेद जाफरीसँग विवाह गरेकी थिइन् जुन एक वर्षमा नै टुट्यो । तेस्रो विवाह जेबाले गायक अदनान सामीसँग गरेकी थिइन् जुन चार वर्षसम्म चल्यो । यो विवाहमा यो जोडीको एक छोरा अजान सामी छन् जो पाकिस्तानी अभिनेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
-
भन्सार छलीका सामान बरामद
-
रास्पवा भक्तपुरमा बस्नेत निर्वाचित
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण