मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम
बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । विवाहपछि बच्चा जन्माएकी उनलाई सामाजिक परम्पराको परिबन्दले बाँधेको थियो । तर उनले हरेक महिलाहरुका लागि प्रेरणा बन्ने काम गरिन् ।
मलाइकाले २५ वर्षको उमेरमा अरबाज खानसँग विवाह गरिन् । र उनले छोरो जन्माइन् । उनले घरको समस्यालाई कहिल्यै पनि कामसँग जोडिनन् । उनी सधैं जीवनमा ग्ल्यामरस अप्रोचका साथ अगाडि बढिरहिन् जसले उनलाई सफल बनायो ।
मलाइकाले पोडकास्टका दौरान आफ्ना जीवनका तीतामिठा पलहरु सेयर गरेकी छन् । उनले भनेकी छन्, 'जब मैले विवाहपछि आमा बन्ने फैसला गरेँ । मेरो व्यवसायिक जीवनमा कुनै असर गरिन । यो सबै महिलाहरुका लागि उदाहरण हो । मेरा आसपासका व्यक्तिहरुले मलाई धेरै कुरा सुनाए तर मैले कहिल्यै यसलाई मनमा लिइनँ ।'
मलाइका विवाह, बच्चा र सम्बन्धविच्छेदपछि पनि निरन्तर आफ्नो काममा व्यस्त छिन् । उनले आफूले गर्भवती भएको अवस्थामा पनि कामलाई निरन्तरता दिएको बताउँछिन् । उनले हिम्मत र हौसला हरेक महिलाका लागि आवश्यक चिज भएको बताउँछिन् । उनले व्यवसायिक जीवन र व्यक्तिगत जीवनलाई कहिल्यै जोड्न नहुने पनि सुझाव दिन्छिन् । उनी समझदारी र हिम्मतका साथ अगाडि बढ्न हरेक महिलाका लागि प्रेरणा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण