मलाइका अरोरा : २५ वर्षको उमेरमा विवाह र बच्चा, गर्भावस्थामा पनि गर्थिन् काम
बलिउडका केही स्टारहरुले समाज र परम्पराले दिएका विभिन्न समस्याहरुलाई झेल्दै आफूलाई उचाइमा पुर्याएका छन् । आफूभित्रको हौसलालाई सधैं ताजा राखेर समाज र पारिवारिक परिस्थितीले निम्त्याएका अनेकन् उल्झनलाई खेपेर करियरलाई अगाडि बढाउने अभिनेत्रीमध्येकी एक हुन् मलाइक अरोरा । २५ वर्षको उमेरमा विवाह गरेकी मलाइकालाई करियर अगाडि बढाउन सजिलो भने पक्कै थिएन । विवाहपछि बच्चा जन्माएकी उनलाई सामाजिक परम्पराको परिबन्दले बाँधेको थियो । तर उनले हरेक महिलाहरुका लागि प्रेरणा बन्ने काम गरिन् ।
मलाइकाले २५ वर्षको उमेरमा अरबाज खानसँग विवाह गरिन् । र उनले छोरो जन्माइन् । उनले घरको समस्यालाई कहिल्यै पनि कामसँग जोडिनन् । उनी सधैं जीवनमा ग्ल्यामरस अप्रोचका साथ अगाडि बढिरहिन् जसले उनलाई सफल बनायो ।
मलाइकाले पोडकास्टका दौरान आफ्ना जीवनका तीतामिठा पलहरु सेयर गरेकी छन् । उनले भनेकी छन्, 'जब मैले विवाहपछि आमा बन्ने फैसला गरेँ । मेरो व्यवसायिक जीवनमा कुनै असर गरिन । यो सबै महिलाहरुका लागि उदाहरण हो । मेरा आसपासका व्यक्तिहरुले मलाई धेरै कुरा सुनाए तर मैले कहिल्यै यसलाई मनमा लिइनँ ।'
मलाइका विवाह, बच्चा र सम्बन्धविच्छेदपछि पनि निरन्तर आफ्नो काममा व्यस्त छिन् । उनले आफूले गर्भवती भएको अवस्थामा पनि कामलाई निरन्तरता दिएको बताउँछिन् । उनले हिम्मत र हौसला हरेक महिलाका लागि आवश्यक चिज भएको बताउँछिन् । उनले व्यवसायिक जीवन र व्यक्तिगत जीवनलाई कहिल्यै जोड्न नहुने पनि सुझाव दिन्छिन् । उनी समझदारी र हिम्मतका साथ अगाडि बढ्न हरेक महिलाका लागि प्रेरणा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'जनयुद्धका चिठी' पुस्तक सार्वजनिक
-
युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय हो : उपराष्ट्रपति यादव
-
गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
-
नयाँ इतिहास लेख्दै लेभरकुजन, अपराजित भएर लिग जित्ने पहिलो टोली बन्यो
-
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
-
सहकारी छानबिन प्रकरण : कानुन मन्त्रालयमा कार्यदलको बैठक