सिटीको विजयी यात्रामा पूर्णविराम, युनाइटेडको जीत
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क गुमाएको छ । शनिबार राति भएको खेलमा सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको हो । यसअघि सिटीले लगातार १२ खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको थियो ।
कायल वार्कर पिटर्सले खेलको सातौँ मिनेटमा नै साउथह्याम्पटकलाई अप्रत्यासित अग्रता दिलाएका थिए । दोस्रो हाफमा केभिन डि ब्रुयनाको पासमा एमरिक लपोर्टेले गोल गर्दै खेल बराबरी गरे । डि ब्रुयना, रोड्री र ग्याब्रियल जिसुसको प्रहार पोष्टमा लाग्न पुगेपछि थप गोल हुन सकेन ।
२३ खेलपछि सिटी ५७ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा सिटी १२ अङ्कले अघि रहेको छ । साउथह्याम्पटन भने लिगको १२ औँ स्थानमा छ ।

उता, वेस्ट ह्यामविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै म्यानचेस्टर युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ । मार्कस रासफोर्डले खेलको इन्जुरीमा समयमा गोल गर्दै युनाइटेडलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका हुन् ।
खेलअवधि भर युनाइटेडले वेस्ट ह्याममाथि दबाब राखे पनि गोल गर्नबाट भने चुकिरहेको थियो । तर इन्जुरी समयमा ३० सेकेण्डभन्दा कम बाँकी समयछँदा रासफोर्डले एडिसन काभानीको पासमा निर्णायक गोल गरे । २२ खेलपछि युनाइटेडको ३८ अङ्क रहेको छ । २३ खेलबाट ३७ अङ्क बटुल्दै वेस्ट ह्याम पाँचौ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण