राष्ट्रियसभा निर्वाचनको मत परिणाम गठबन्धन कमजोर हुने सङ्केत : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणामले आगामी निर्वाचनमा गठबन्धन कमजोर हुने र आफ्नो पार्टी सुदृढ हुने आधार देखिएको टिप्पणी गरेका छन् । एमालेका अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएको र गठबन्धनका उम्मेदवारले मतभारभन्दा कम मत प्राप्त गरेको पोखरेलले जिकिर गरेका छन् ।
वामपन्थी सरकार ढालेर काँग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरूप प्रचण्ड र माधव नेपालहरुले आफ्नो दलीय हैसियतभन्दा अतिरिक्त लाभ हासिल गरेको पनि पोखरेलले बताएका छन् ।
सामाजिक सञ्जालमा पोखरेल लेख्छन्–
राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बन्न पुगेको छ । किनकि बहुमतको वामपन्थी सरकार ढालेर काँग्रेसलाई सरकारको नेतृत्व सुम्पेको नजराना स्वरूप यस चुनाव मार्फत प्रचण्ड र माधव नेपालहरूले आफ्नो दलीय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेका छन् । तर पनि यस निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारले गठबन्धनको मतभारभन्दा कम मत प्राप्त गरेका छन् । नेकपा(एमाले)का अधिकांश उम्मेदवारले आफ्नो दलीय भोटभन्दा बढी मत प्राप्त गर्न सफल भएका छन् ।
स्थानीय तहका जनप्रतिनिधिहरूको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेदवारलाई प्राप्त भएको छ । यसबाट स्थानीय तहलाई कमजोर बनाउने गठबन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको छ ।
गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली काँग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएका छन् । पाँच दलीय गठबन्धनको मोर्चाबन्दीका बीचबाट प्रदेश १मा नेकपा (एमाले)का एकजना उम्मेदवारले विजय हासिल गरेका छन् । एकजना बराबरी मत आएर गोलाबाट पराजित भएका छन् ।
यस निर्वाचन पछि पनि राष्ट्रिय सभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम छ । अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले सङ्केत गरेको छ ।
परिणाम प्रतिकूल हुने निश्चित जस्तै रहेको अवस्थामा पनि उत्साहपूर्वक नेकपा (एमाले)का उम्मेदवारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरूलाई हार्दिक धन्यवाद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण