गोकर्णेश्वर र सानेपाबाट चोरीको मोटरसाइकलसहित २ जना पक्राउ
काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट प्रहरीले चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर घर भई चावहिल बस्ने वर्ष २३ को सौरभ महतरा र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने वर्ष १८ को समिर तामाङ छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले गोकर्णेश्वरबाट नियन्त्रणमा लिएको तामाङको साथबाट वास्तविक नम्बर परिबर्तन गरि बा.प्र.(०२,०२५ प १३१८ नम्वर हालेको अवस्थामा कालो रातो रंङको २२० सी.सी.को पल्सर मोटरसाईकल समेत बरामद गरेको जानकारी दिए ।
अनुसन्धान पश्चात वास्तविक नम्बर बा.प्र.(०२, ०२९ प ५२०९ भएको उक्त मोटरसाईकल यहि पौष १४ गते भक्तपुर निलबाराहीबाट हराएको खुलेपछि मोटरसाईकल धनी भक्तपुर बस्ने रामचन्द्र नेपाललाई सम्पर्क गरेको उनले बताए ।
त्यसैगरि ललितपुरको सानेपाबाट बा ९८ प ७९६१ नम्वरको कालो सेतो रंङको २०० सी.सी.को डुक मोटरसाईकल सहित सुर्खेतका महतरालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । महतराले उक्त मोटरसाईकलको वास्तविक नम्बर प्लेट भने परिबर्तन गरेका थिए ।
तार्केश्वरका प्रज्वल बोगटीको वास्तविक नम्बर बा ९९ प ४८८२ भएको उक्त मोटरसाईकल काठमाण्डौं स्थित भृकुटीमण्डपबाट हराएको भनि ट्राफिक प्रहरी महाशाखामा हुलिया निवेदन दिएका थिए । मोटरसाईकल सहित पक्राउ परेका महतरालाई चोरी मुद्दा अनुसन्धान एव कारबाहिका लागी महानगरीय प्रहरी बृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण