बर्दिबासबाट लागुऔषधसहित ३ जना पक्राउ
लागुऔषध कारोबार गरेको आरोपमा महोत्तरीबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका–११ बस्ने ३९ वर्षीय बलिराम भण्डारी, सर्लाही मलङगवा–९ बस्ने २२ वर्षीय मुकेश साह र सर्लाही रामनगर–४ बस्ने २१ वर्षीय अरुणकुमार दास छन् ।
लागूऔषध कारोवार गर्दै गरेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले देउराली माध्यमिक विद्यालय नजिकैको बर्दिबास जङ्गलबाट चारै जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुख वीरेन्द्र थापाले जानकारी दिए ।
उनीहरूको साथबाट प्रतिबन्धित लागूऔषध डिआइजेपाम इन्जेक्सन ३५ एम्पुल, प्रोमोथाजिन हाइड्रोचोलोराइड इन्जेक्सन ३५ एम्पुल र खुल्ला अवस्थामा राखिएको लेबलिङ नभएको एम्पुल ३५ थान गरी १ सय ५ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
चारै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण