ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
मङ्गलबार, ०३ फागुन २०७८, १३ : ००
ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको रेलिङ्गमा ठोकिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण