खोटाङमा बन्दको प्रभाव न्यून

एमसिसी सम्झौताविरुद्ध आह्वान गरिएको बन्दको प्रभाव खोटाङमा तुलनात्मक रुपमा कम परेको छ । एमसिसी सम्झौताविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आव्हान गरेको बन्दको प्रभाव न्यून परेको परेको हो ।
फाट्टफुट्ट शैक्षिक संस्था बन्द हुनुबाहेक अन्य क्षेत्रमा बन्दको असर परेको छैन । जिल्लाका बजार तथा यातायात सधैंझैँ सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
दिक्तेलबाट दैनिक काठमाडौं, इटहरी लगायतका लागि छुट्ने सवारीसाधन बुधबार बिहान छुटिसकेका छन् । तर बाटोमा स्कटिङ गर्नुपर्ने अवस्था देखिएकाले दिउँसो भने गाडी नछुट्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । प्रालिका पूर्वीइन्चार्ज धनीराम नछुङका अनुसार बिहान अन्य दिनभन्दा छिटो गाडी छुटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
-
देशको नाम उच्च राख्न खेलाडीको महत्त्वपूर्ण योगदान छ : मुख्यमन्त्री लामा
-
बागमती प्रदेश सर्वदलीय बैठकमा जुटेन सहमति, प्रतिपक्षले प्रदेशसभा चल्न नदिने