खोटाङमा बन्दको प्रभाव न्यून
एमसिसी सम्झौताविरुद्ध आह्वान गरिएको बन्दको प्रभाव खोटाङमा तुलनात्मक रुपमा कम परेको छ । एमसिसी सम्झौताविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपालले आव्हान गरेको बन्दको प्रभाव न्यून परेको परेको हो ।
फाट्टफुट्ट शैक्षिक संस्था बन्द हुनुबाहेक अन्य क्षेत्रमा बन्दको असर परेको छैन । जिल्लाका बजार तथा यातायात सधैंझैँ सञ्चालनमा रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।
दिक्तेलबाट दैनिक काठमाडौं, इटहरी लगायतका लागि छुट्ने सवारीसाधन बुधबार बिहान छुटिसकेका छन् । तर बाटोमा स्कटिङ गर्नुपर्ने अवस्था देखिएकाले दिउँसो भने गाडी नछुट्ने खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । प्रालिका पूर्वीइन्चार्ज धनीराम नछुङका अनुसार बिहान अन्य दिनभन्दा छिटो गाडी छुटाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण