‘हनुमानको करामत’ बालचित्रकथा सार्वजनिक
बुधबार, ०४ फागुन २०७८, १५ : ०९
जितेन्द्र रसिकको बालचित्रकथा ‘हनुमानको करामत’ बजारमा आएको छ । यसमा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुग्दाको काल्पनिक चित्रण गरिएको छ ।
प्रज्वल थापाको रंगीन चित्रले चित्रकथा आकर्षक देखिएको छ । इर्टनल प्रकाशन प्रालिले प्रकाशित गरेको ‘हनुमानको करामत’ कथाकार रसिकको १३ औं कृति हो । यसअघि उनको एलियनको पृथ्वी भ्रमण, हावा फल्ने रुख, एङ्ग्री बर्ड, बेलबहादुरसँग विहे, गुलेली बालकथा सङ्ग्रहलगायत बालकथाका कृति प्रकाशित छन् । बालकथा बाहेक उनले उपन्यास, कविता लगायत विविध विधामा कलम चलाउका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण