विश्वकै ठूलो हिराको लिलामी : ४ करोड ८० लाख भन्दा बढीमा बिक्ने अपेक्षा
विश्वको सबैभन्दा ठूलो र दुर्लभ ब्लू डाइमण्ड हङकङको सोदबी लिलामी हाउसमा बिक्री गरिने भएको छ । ब्रिटेनको राजधानी लण्डनस्थित कलाकृति लिलाम गर्ने संस्था ‘सोथबाइज’ ले ट्वीट गरेर यसबारे जानकारी दिएको हो ।
ट्वीटमा भनिएको छ, ‘बियर्स कलिनन ब्लू डाइमण्ड आजसम्मकै सबैभन्दा ठूलो र चम्किलो हिरा हो । ’
सोथबायजका वरिष्ठ उपाध्यक्ष र आभूषणका सेलि डायरेक्टर फ्रयाङ्क एभरेटले भने, ‘यो हिरा ५.१० क्यारेटको हो र अप्रिलमा यसलाई बिक्रीका लागि लीलामी घरमा प्रस्तुत गरिने छ ।’
दक्षिण अफ्रिकाको कलिनन खानीमा अघिल्लो वर्ष भेटिएको यो हिराको मूल्य ४ करोड ८० लाख अनुमान गरिएको छ ।
लिलामी घरले १५.१० क्यारेट डी बियर्स कलिनन ब्लू डाइमण्ड ४८ मिलियन डलरभन्दा बढी रकममा बिक्री हुनेछ । फ्र्याङ्क एवरेटले यो हिरा थुप्रै स्तरमा उल्लेखनीय भएको बताएको छ ।
फ्रयाङ्क एवरेटका अनुसार गहनाको हिसाबले पछिल्ला थुप्रै वर्षमा बजार निकै बलियो भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण