निर्वाचन आयोगले राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक गर्यो
बिहीबार, ०५ फागुन २०७८, २२ : ०९
राप्रपा नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा हुनुभएको पत्र प्राप्त भएको जनाएको छ ।
पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए । आयोगले पठाएको पत्र आजै पार्टीको केन्द्रीय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापा समक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण