निर्वाचन आयोगले राप्रपा नेपालमा कमल थापा अध्यक्ष भएको निवेदन अध्यावधिक गर्यो
बिहीबार, ०५ फागुन २०७८, २२ : ०९
राप्रपा नेपालमा अध्यक्ष कमल थापा बनेको जानकारी दिई अध्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीले दिएको निवेदन सदर गर्दै आयोगले अद्यावधिक गरेको छ । आयोगले पार्टीलाई आज प्रेषित गरेको पत्रमा राप्रपा नेपालका तत्कालीन अध्यक्ष लाक्पा तामाङको राजीनामा भई अध्यक्ष कमल थापा हुनुभएको पत्र प्राप्त भएको जनाएको छ ।
पत्रमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ र राजनीतिक दल नियमावली २०७४ को नियम २५ बमोजिम दलको केन्द्रीय समिति हेरफेर भएको अध्यावधिक गरि अभिलेख राख्ने र दललाई जानकारी दिने आयोगले निर्णय गरेको राप्रपा नेपालका नेता सुशील श्रेष्ठले जानकारी दिए । आयोगले पठाएको पत्र आजै पार्टीको केन्द्रीय सचिवालयमा प्राप्त भएको र अध्यक्ष कमल थापा समक्ष पेश गर्दै जानकारी गराएको समेत नेता श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ
-
आज ३ वटा संसदीय समितिको बैठक बस्दै
-
गायिका भट्टराईको ‘दियो कलश’मा सुरेश र अस्मिताको अभिनय
-
लन्डनमा टी १० क्रिकेट प्रतियोगिताको तयारीमा माया इभेन्ट्स
-
नेपाल राष्ट्रिय इन्जिनियर सङ्गठनको कर्णाली प्रदेश अध्यक्षमा रत्न प्रसाद जैसी
-
छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै