५ जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, को कहाँ ?
शुक्रबार, ०६ फागुन २०७८, १७ : २३
गृहमन्त्रालयले ५ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । हुम्लामा सीता परियारलाई जिम्मेवारी दिइएको छ । उनी दलित समुदायबाट पहिलो महिला सीडीओ हुन् ।
नुवाकोटमा सह–सचिव नारायणप्रसाद रिसाललाई पठाइएको छ । रिसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भर्खरै गृह मन्त्रालयमा गएका थिए । जाजरकोटमा रामबहादुर शाहीलाई सरुवा गरिएको छ । रुकुम पूर्वमा कृष्णबहादुर खड्कालाई पठाइएको छ ।
धनकुटामा युवराज कट्टेललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) फणिन्द्रमणी पोखरेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण