बलिउडका चर्चित ‘आइटम गर्ल’ जो गुमनाम भए
आइटम गीतलाई फिल्मको मुटु मानिन्छ । यी गीतको शब्दले फ्यानलाई जति प्रभावित बनाउँछ, गीतमा आइटम नृत्य गर्ने अभिनेत्रीको हटनेस र ग्ल्यामरले दर्शकलाई उत्तिकै उत्तेजित र मोहित तुल्याउँछ । फिल्मको प्रचारप्रसारको एक प्रमुख माध्यम आइटम गीत बन्दै आएको छ ।
आइटम गीतमा अभिनय गर्ने अभिनेत्रीहरुको लोकप्रियतालाई नयाँ उचाई दिन्छ । तर, एउटा सत्य के हो भने कतिपय अभिनेत्रीलाई भने त्यही आइटम गीतका कारण ‘आइटम गर्ल’को ट्याग लाग्ने गरेको छ । बलिउडमा कुनै समय केही अभिनेत्रीले हिट आइटम गीतमा कम्मर मर्काएका थिए । तर, अहिले उनीहरु बलिउडबाट टाढिइसकेका छन् ।
मोडल निगार खान नर्वेको लोकप्रिय मोडल हुन् । उनी चर्चित गीत ‘चढ्ती जवानी’को रिमिक्स भर्सनको आइटम गीतमा देखिएकी थिइन् । यो गीतमा उनको आइटम नृत्यलाई दर्शकले खुबै मन पराएका थिए । पछिल्लोपटक उनी सन् २०१५ मा फिल्म ‘दो चेहरे’ मा देखिएकी थिइन् । यो फिल्मपछि उनी बलिउडबाट हराइन् ।
यो सूचीमा भारतीय क्रिकेटर हार्दिक पाण्डेयकी पत्नी तथा सर्बियाली मोडल नताशा स्टेनकोविचको नाम पनि आउँछ । उनले बलिउडमा सन् २०१३ मा पाइला चालेकी थिइन् । बलिउड निर्देशक प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को आइटम गीत ‘अइयो जी’ मा उनको हट नृत्य हेर्न पाइन्छ । नताशा गायक बादशाहका साथ गीत ‘डीजे वाले बाबु’ मा पनि देखिएकी थिइन् । हाल निजी जीवनमा व्यस्त नताशा सामाजिक सञ्जालमा सक्रिय छिन् ।
अभिनेत्री क्लाउडियाले अभिनेता अक्षय कुमारका साथ फिल्म ‘७८६’ को आइटम गीत ‘बलमा’मा कम्मर मर्काएकी थिइन् । यो गीतलाई दर्शकले निकै मन पराएका थिए । तर, क्लाउडिया भने बलिउडबाट गुमनाम भइन् ।
अर्की अभिनेत्री मेघना आइटम गीत ‘कलियों का चमन’ मा देखिएकी थिइन् । यो आइटम गीत आज पनि उत्तिकै लोकप्रिय छ । मेघना फिल्म ‘हदिया’ मा पछिल्लोपटक देखिएकी थिइन् । मेघना अहिले बलिउडबाट टाढिएर पारिवारिक जीवनमा व्यस्त छिन् ।
बलिउडको हिट आइटम गीत ‘बाबु जी जरा धीरे चलो’ आज उत्तिकै लोकप्रिय छ । यो आइटम गीतमा याना गुप्ताको ठुम्का हेर्न पाइन्छ । अहिले याना बलिउडबाट टाढिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसरी बाहिरिएको थियो त्रिवि एमबीएसको प्रश्नपत्र
-
लुम्बिनीमा सत्ता फेरबदल : कांग्रेस बाहिरिँदै, बजेट संशोधन गर्ने नेकपाको अडान
-
हिमालयन १०० एडिसन–३ चेसको उपाधि सन्देशलाई
-
अन्तर्राष्ट्रिय कराते पदक विजेता दिया र दीक्षालाई एक्सटेप नेपालको सम्मान
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण