मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिद्वारा आपतकाललाई निरन्तरता दिने घोषणा

शनिबार, ०७ फागुन २०७८, १४ : ५१
शनिबार, ०७ फागुन २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को महामारीका कारण झण्डै दुई वर्षअघि देशमा घोषणा गरिएको आपतकाललाई निरन्तता दिएका छन् । कोभिड महामारीले राष्ट्रको जनस्वास्थ्य र सुरक्षा लागि जोखिम निम्त्याइरहेको भन्दै उनले जारी आपतकाललाई निरन्तरता दिएका हुन् । 

राष्ट्रपतिले संघीय सरकारको पूर्ण क्षमताका साथ कोभिड–१९ विरुद्ध लड्न र प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पुष्टि भएका सङ्क्रमण केसहरूको सन्दर्भमा संयुक्त राज्य अमेरिका विश्वको दोस्रो सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकी स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशमा कोभिड–१९  सङ्क्रमितको कुल सङ्ख्या ८ करोड नाघेको छ ।  त्यसैगरी ५ करोड भन्दा बढी सङ्क्रमित निको भइसकेका छन् भने ९५८,३०० सङ्क्रमितको मृत्यु भइसकेको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप