आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसी टेबल भएपछि एमाले आन्तरिक छलफलमा

आइतबार, ०८ फागुन २०७८, १५ : ४९
आइतबार, ०८ फागुन २०७८

सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । 
आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । 

‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘पछि कुरा गरौंला ।’  स्रोतका अनुसार अध्यक्ष ओलीसँगको छलफलमा नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल लगायत छन् । 
यसअघि एमसीसीबारे नेपालका राजनीतिक दलहरु विभाजित भएका बेला कुनै निर्णय गर्न नसकेको एमालेले संसदमा टेबल भएपछि मात्र आफ्नो पार्टीले धारणा बनाउने बताउँदै आएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप