एमसीसी संसदमा पेश हुनु लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक : बाबुराम भट्टराई
आइतबार, ०८ फागुन २०७८, २१ : ५०

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक भएको बताएका छन् । संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गर्नुपर्ने पनि उनले ट्वीटरमार्फत बताएका छन् ।
‘जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने उच्चतम थलो संसदमा एमसीसी प्रस्ताव प्रस्तुत हुनु नेपाली लोकतन्त्र र राष्ट्रिय हितका निम्ति सकारात्मक छ’, उनले भने, ‘संसदमा खुला छलफल गरेर लोकतान्त्रिक विधिले यसको निरूपण गरौं ।’
उनले दलीय, गुटीय आग्रह र शक्ति केन्द्रहरूका दबाबमा नभई सत्यतथ्य र राष्ट्रिय हितमा निर्णय लिइनुपर्नेमा पनि जोड दिएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी टेबल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा