एमसीसीबारे धारणा बनाउन लोसपाको बैठक बस्दै
लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मेलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को बारेमा आफ्नो धारणा बनाउन आज संसदीय दलको बैठक बोलाइएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा पार्टीको शीर्ष नेतासहित संसदीय दलको बैठकमा एमसीसीको बारेमा छलफल हुने लोसपाका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य शरतसिंह भण्डारीले बताए ।
‘हाम्रो पार्टीबाट एमसीसीको बारेमा नेताहरूको व्यक्तिगत धारणा आएपनि पार्टीको आधिकारिक धारणा आएको छैन । पार्टीको धारणा के हो त त्यसको बारेमा छलफल गर्न आज हामीले संसदीय दलको बैठक बोलाएका छौँ, उनले भने, ‘आजको संसदीय दलको बैठकले एमसीसीको बारेमा धारणा तय गर्नेछ ।’ संसद्‍बाट एमसीसी पारित हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले पार्टीको आधिकारिक धारणा आज सार्वजनिक गरिने बताए । एमसीसी नेपालको हितमा रहेको र यसलाई पारित गराउनु नै राम्रो हुने बताउँदै उनले कसैको जुँगाको लडाइँका कारण विकास कार्यलाई अवरोध गर्न नहुने बताए । लोसपा सुरुदेखि नै एमसीसीको पक्षमा रहेको छ । पार्टीमा पनि सबै नेताबीच एमसीसीको बारेमा एकमत रहेको छ । आज संसदीय दलको बैठक बसी त्यसको आधिकारिक धारणा पार्टीमा सर्कुलर गर्नेछ ।
यसैबीच, संसदीय दलको बैठकपछि पार्टी शीर्ष नेताको पनि बैठक बस्नेछ । प्रदेश, जिल्ला तथा स्थानीय तहमा मनोनयन भएका पद तथा तदर्थ समितिको बारेमा छलफल गर्नुको साथै अगामी कार्यकारिणी समितिको बैठकको एजेण्डा पनि तय गर्नेछ । पार्टीमा आन्तरिक द्वन्द्वका कारण बैठक बसिरहेको थिएन । हिजो लोसपाबाट केही नेता अलग भएपछि पार्टीका शीर्ष नेताहरूको बैठक सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण