हुम्ला निर्वाचन कार्यालयको कामकाज बिदामा पनि जारी रहने
जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ । निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय खुला रहने जिल्ला निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।
उनका अनुसार कार्यालय बिहान ९ देखि बेलुका ६ बजेसम्म खुला रहनुका साथै बिदाको दिनमा पनि सोही समयसम्म कामकाज हुने रानाले बताए । उक्त सेवा निर्वाचनका समयसम्म जारी रहनेछ । हाल मतदाता परिचयपत्र हराएका र नष्ट भएका व्यक्तिलाई नयाँ परिचयपत्र दिने काम भइरहेको छ । आगामी फागुन २० गतेभित्र सम्बन्धित वडाको सिफारिस लिएर कार्यालयमा निवेदन दिनेले नयाँ मतदाता परिचयपत्र पाउने कार्यालयले जनाएको छ ।
हाल कार्यालयमा पाँच कर्मचारी खटिएका छन् । कामको चाप हेरी कर्मचारी थप्ने तयारी गरिएको कार्यालयले जनाएको छ । फागुन १९ गते जिल्लाका ४४ वटै वडाका मतदाताको नामावली प्रकाशित हुने र त्यसपछि २५ गतेसम्म दाबी विरोधको कार्यक्रम सञ्चालन हुने रानाले जानकारी दिए । हुम्लाको मतदाता सङ्ख्या ३२ हजार ९८३ रहेको छ । विसं २०७४ को निर्वाचनमा २९ हजार ३८८ मतदाता थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण