कोरोना संक्रमणबाट जुम्लामा एक महिलाको मृत्यु
बुधबार, ११ फागुन २०७८, १७ : ४८
जुम्लामा कोरोना संक्रमणका कारण एक महिलाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका–८ निवासी ३३ वर्षीय बाटु सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले सुनारको बुधबार निधन भएको बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उनको उपचारको क्रममा मृत्यु भएको हो ।
मंगलबार दिउँसो प्रतिष्ठानमा उपचार गर्न आएकोमा उनको निधन भएको प्रहरीले जनाएको छ । उनको आरडिटी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण