मुखबाट दुर्गन्ध आउनु गम्भीर रोगको संकेत
‘फ्याटी लिभर’ स्वास्थ्य समस्या हो । यो समस्यामा कलेजोका कोशिकाहरुमा फ्याट जम्मा हुन्छ । फ्याटी लिभरको समस्यामा कलेजोले सही तरिकाले काम गर्न सक्दैन । मद्यपानको सेवन धेरै गर्ने व्यक्तिहरुमा यो समस्या बढी हुने गर्छ । यो समस्या फरक–फरक व्यक्तिमा फरक तरिकाले देखिन्छ । यसलाई हेपेटिक स्टीटोसिस पनि भन्छि । मद्यपान गर्नेहरुलाई मात्र होइन यो समस्या मद्यपान नगर्नेहरुमा पनि उत्तिकै देखिन्छ । यसका कारणहरु भने फरक छन् । जसमा कोलेस्ट्रोलको मात्रा, मधुमेह, स्लीप एपनिया, अन्डरएक्टिभ थाइराइड पर्छन् । सुरुवातमा यो समस्याको बारेमा थाहा हुँदैन । तर, विस्तारै श्वासप्रश्वासमा समस्या आउन थालेपछि कलेजोमा गडबढी भएको पत्ता लगाउन सकिन्छ ।
श्वास फेर्दा दुर्गन्ध आउनु
फ्याटी लिभरको समस्या हुनेहरुको श्वास गन्हाउँछ । यसलाई फेटोर हेपेटिकस पनि भनिन्छ । यो समस्यामा श्वास फेर्दा धेरै दुर्गन्ध आउँछ । सामान्यतयाः बिहानमा श्वास गन्हाउने समस्या हुने गर्छ । तर, यो समस्यामा दिनभर पनि श्वास गन्हाउँछ ।
किन गन्हाउँछ श्वास ?
कलेजोको काम विषाक्त पदार्थहरुलाई छान्नु हो । फ्याटी लिभरको समस्यामा कलेजोले फिल्टर गर्न सक्दैन । जसले गर्दा रसायनहरुलाई डिटक्सिफाई गर्न सक्दैन । त्यसैले नछानिएका फोहोरहरु पनि शरीरमा अन्य भागमा फैलिन्छ । जसले गर्दा श्वासमा दुर्गन्ध आउँछ ।
अन्य लक्षणहरु :
–छाला पहेँलो हुनु
–गोडा सुन्निनु
–पेट सुन्निनु
–सजिल्यै रगत निस्किनु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण