रुकुममा टिपर पल्टिँदा २ जनाको मृत्यु
रुकुम (पूर्व) को भूमे गाउँपालिका– ४ झिङ्गेटारमा टिपर बा २ क ७०१८ नम्बरको टिपर पल्टिदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पुथाउत्तरगङ्गा गाउँपालिका– १४ का अन्दाजी २५ वर्षका गोविन्द बुढा र भूमे – ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दीपेन्द्र बाँनियाले जानकारी दिए ।
उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक बाँनियाले बताए । यस्तै दुर्घटनामा दुई घाइते छन् । घाइते हुनेमा लामा कन्स्ट्रक्सनका सव इञ्जिनीयर दोलखाका अन्दाजी ३५ वर्षका ध्रुव घिमिरे र उदयपुर चौबन्दिगढी नगरपालिका– ५ का २३ वर्षका रामआशिष चौधरी रहेका छन् ।
निरीक्षक बाँनियाका अनुसार उनीहरु लामा कन्स्ट्रक्सनद्वारा निर्माण गरिराखेको धाउने–बालुवा–देउखोला सडकखण्डमा कार्यरत रहेका थिए । सोही कन्स्ट्रक्सनकै टिपरले ढुङ्गा झार्ने क्रममा अनियन्त्रित भई पल्टिदा उनीहरुलाई किचेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण