युक्रेनमा रहेका सबै नेपाली सुरक्षित : एनआरएनए
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युक्रेनमा पछिल्लो विकसित घटनाक्रमको कारण त्यहाँ रहेका नेपालीहरुको सुरक्षा प्रति चिन्ता व्यक्त गरेको छ । एनआरएनएले बिहीबार एक विज्ञप्ति जारी गर्दै युक्रेनमा रहेका नेपालीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरेको हो ।
‘युक्रेनमा रहनुभएका ३८ जना नेपालीहरु राष्ट्रिय समन्वय परिषद् युक्रेनको सम्पर्कमा रहेका छन् । उहाँहरु युक्रेनमै लामो समयदेखि स्थायी बसोबास गर्दै आउनुभएको छ । युक्रेनमा पछिल्लो विकसित घटनाक्रमबीच उहाँहरु सबै सकुशल रहनुभएको खबर प्राप्त भएको छ,’ एनआरएनएद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
रुसले बिहीबार बिहानबाट युक्रेनमा सैन्य आक्रमण सुरु गरेको छ । यसपछि एनआरएनएले विज्ञप्ति निकालेर युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ । ‘युक्रेनमा ४४ विद्यार्थीहरु र ट्रान्जिटमा २०० भन्दा बढी नेपालीहरु रहेको जानकारी प्राप्त भएको छ । त्यहाँस्थित सबै नेपालीहरुलाई आफ्नो अवस्था बारे राष्ट्रिय समन्वय परिषद् युक्रेनमा जानकारी गराउनुहुन अनुरोध गर्दछौं,’ एनआरएनएले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण