बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मृत्यु हुनुभन्दा ३० सेकेन्ड अगाडि मस्तिष्कमा देखिन्छ चम्किलो ज्योति

शनिबार, १४ फागुन २०७८, ११ : ४७
शनिबार, १४ फागुन २०७८

जन्म र मृत्यु प्राकृतिक नियम हुन् । जन्मपछि मृत्यु अवश्यम्भावी छ । त्यसैले मृत्युको विषयमा थुप्रै जिज्ञासाहरु पैदा हुन्छन् । मृत्युको केही समय अगाडि के होला ? जिवन र मृत्युबीच अन्तिम पल कस्तो रहला ? यस बारेमा वैज्ञानिहरुले वर्षौंसम्म खोज गरेका छन् । अमेरिकाको लुईसवील युनिभर्सिटीका वैज्ञानिकहरुले मृत्युभन्दा ३० सेकेण्ड अगाडि मस्तिष्कमा चम्किलो प्रकाश देखापर्ने बताएका छन् । वैज्ञानिकहरुले यसलाई ‘लास्ट रिकल’ अर्थात जिन्दगीको अन्तिम याद नाम दिएका छन् । हलिउडका थुप्रै साइन्स फिक्सन फिल्ममा वैज्ञानिकहरु यस्ता जिज्ञासाहरु सुल्झाउने प्रयास गरिरहेका देखिन्छन् । 

हालै डाक्टरहरुले ८७ वर्षीय वृद्ध व्यक्तिको मस्तिष्क स्क्यानिङ गरेका थिए । उनको अस्पतालमा उपचार गरिरहेका थिए । उनको उपचारको क्रममा हृदयाघातबाट मृत्यु भयो । उनको मस्तिष्कको स्क्यानिङबाट मृत्युअघि मस्तिष्कमा चम्किलो प्रकाश देखिएको थियो । तर, मस्तिष्कमा रगत प्रवाह रोकिएपछि केही समयपछि परिवर्तन देखिइरहेको थियो । 

लुईसवील युनिभर्सिटीका डा. अजमल जेमरले अनुसन्धानका क्रममा मानव मस्तिष्क निकै जटिल भएको बताए । उनले अनुसन्धानद्वारा न्युरो साइन्स क्षेत्रमा निकै मद्दत पुग्ने पनि जानकारी दिए । मस्तिष्कको क्रियाकलापलाई बुझ्नका लागि रोगीहरुको उपचारको नयाँ तरिका खोज्न सकिने पनि उनले बताए । 

उक्त अनुसन्धानमा संलग्न सक्सेस युनिभर्सिटीका प्रोफेसर अनिल सेठले उक्त अनुसन्धान नौलो प्रयोग भएको बताए । उक्त अनुसन्धानबाट मृत्युको थोरै मात्र समय अगाडि दिमागमा के चलिरहेको छ पत्ता लागेको बताए । यसैगरी, वैज्ञानिकहरुले मृत्युभन्दा एक दशकअगाडि मस्तिष्कमा के–के कुराहरु चल्छन् भन्ने कुराहरु पनि खोजी गर्न वैज्ञानिकहरु लागि परेका थिए । अनुसन्धानमा संलग्न डा. जेमरका अनुसार मृत्युअगाडि दिमागमा चम्किलो ज्योती देखा पर्नुको कारण अल्फा र गामा तरङ्ग हो । रगत प्रवाह रोकिएपछि उक्त तरङ्ग केही समयसम्म रहन्छ । यस विषयमा अझै अनुसन्धान गरिने वैज्ञानिकहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप