बादलको टिप्पणी : स्थानीय तहको निर्वाचन आन्दोलन हो
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले स्थानीय तहको निर्वाचन एक आन्दोलन भएको टिप्पणी गरेका छन् । वीरेन्द्रनगरमा आज आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यो आन्दोलनमा हामीले कसरी विजयी हुने भन्ने हाम्रो लक्ष्य हो ,’उनले भने,‘ त्यही अनुसार सातैवटा प्रदेशको अभियानमा हिँडिरहेका हौं ।’ यसअघि राष्ट्रियसभा चुनावमा हार व्यहोरेका उनले नेता, कार्यकर्तालाई कुनै पनि आन्दोलनबाट विजयी प्राप्त गर्नका लागि तयारी नगरी विजयी प्राप्त गर्न नसकिने तर्क व्यक्त गरेका थिए ।
थापाले विजयी प्राप्त गर्नका लागि हामीले शक्ति सञ्चय गर्न आवश्यक रहेको पनि टिप्पणी गरेका थिए । साथै उनले स्थानीय तहको निर्वाचनमा कर्णालीका नेता तथा कार्यकर्तालाई तीनवटा तरिकाबाट तयारी थाल्न निर्देशन दिए । उनले भने, ‘चुनावमा संगठनात्मक तयारी आवश्यक र प्राविधिक तयारी गर्नुपर्छ ।’ साथै उनले नेपालको राजनीति दुईवटा धुव्रीकरणमा विभाजित हुने अस्पष्ट संकेत पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण