वडाध्यक्षको निधनको शोकमा भेरिगङ्गा नगरपालिकाद्वारा सार्वजनिक बिदा
आइतबार, १५ फागुन २०७८, ०९ : ४६
सुर्खेतको भेरिगङ्गा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । मोटरसाइकल दुर्घटनामा मृत्यु भएका वडा नं.– १ का वडाध्यक्ष नवराज कार्कीको शोकमा सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नगरपालिका, वडा कार्यालयसँगै नगरपालिका भित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ ।’ नेकपा माओवादी केन्द्रबाट निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो । वडाध्यक्ष कार्कीको शुक्रबार राति काठमाडौँको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जनालाई १ वर्ष कैद सजाय
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कांग्रेस नेता शेर्पालाई ४ वर्ष कैद
-
३ वर्ष कैद भुक्तान गरेका इन्द्रजित राई अब २ महिना १३ दिन मात्र जेल बस्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण