सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

बझाङका भण्डारीको हत्यामा सङ्लग्न १६ वर्षपछि पक्राउ

आइतबार, १५ फागुन २०७८, १६ : ३२
आइतबार, १५ फागुन २०७८

नेपाल प्रहरीले बझाङको जयपृथ्वी नगरपालिका–७ का मीनबहादुर भण्डारीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले विसं २०६२ असोज २३ गते भण्डारीको हत्यामा संलग्न बझाङ जयपृथ्वी नगरपालिका–७ ज्वाडाका ४० वर्षीय वीरेन्द्र राना र सोही स्थानकै ३३ वर्षीय रमादेवी रानालाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक कमल थापाले हतियारको प्रयोग गरी ज्यान मारेर फरार रहेका उनीहरुलाई कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल–भारत सीमाबाट पक्राउ गरिएको जानकारी दिए । उनीहरुलाई जिल्ला अदालत बझाङले विसं २०६६ सालमा कर्तव्य ज्यान मुद्दामा वीरेन्द्रलाई २० वर्ष कैद र रमा देवीलाई तीन वर्ष कैद हुनेगरी फैसला गरेको थियो । 

पक्राउ परेका दुवैजनालाई आज फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बझाङ पठाइएको प्रवक्ता थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप