रुपन्देहीका दुई नगरपालिकामा कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता
रुपन्देहीका दुई नगरपालिकाहरूलाई कोरोनाविरुद्धको पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिकालाई सोमबार छुट्टाछुट्टै कार्यक्रम गरी कोरोनाविरुद्धको पूर्णखोप घोषणा गरिएको हो । १२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको दुवैमात्रा खोप लगाएपछि यी नगरपालिकाहरुले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएका हुन् ।
सैनामैना नगरपालिकालाई राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् । उनले खोप लगाउनु सवै नागरिकले पाउनुपर्ने र त्यसको जिम्मेवारी राज्यले लिनु पर्ने बताए ।
सैनामैनामा ६७ हजार ५९७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । सोही अवसरमा पूर्णखोप सुनिश्चिततासँगै दिगोपनाका लागि प्रतिवद्धतामा हस्ताक्षर गर्ने कार्यक्रम सामेत भएको छ । जसमा सांसद भुमिश्वर ढकाल, कमला विश्वकर्मा लगायतले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीको नेतृत्वमा विश्व स्वास्थ्य संगठन, स्वास्थ्यका लागि सक्षम प्रणाली, रेडक्रस सोसाइटीको सहभागितामा सर्वेक्षण गरी नगरका ९५ प्रतिशत बढीले खोप लगाएको सुनिश्चित भएपछि नगरलाई पूर्ण खोप घोषणा गरिएको हो ।
नगर प्रमुख कार्कीले सैनामैनाका ३ वटा वडाका १८० घरधुरीमा सुलभ सर्वेक्षण गर्दा पूर्ण खोप भएको पाइएको बताए । कोभिड–१९ विरुद्धको अभियान अन्तर्गत गत वर्षको फागुन २३ गतेदेखि सैनामैना खोप लगाउन सुरु गरिएको थियो ।
यस्तै तिलोत्तमा नगरपालिकालाई जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले पूर्णखोप सुनिश्चितता घोषणा गरेका छन् । उनले सरकारले ल्याएको पूर्ण खोपको अवधारणाअनुसार तिलोत्तमालाई पूर्णखोप सुनिश्चितता बनाउन सकिएको बताए ।
स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले तिलोत्तमा नगरपालिकाको कार्यविधिअनुसार काम गरेर कोरोनाविरुद्धको खोप सुनिश्चितता गर्ने सफल भएको बताए । नगर प्रमुख बासुदेव घिमिरेले खोपको दिगोपनको लागि नगरपालिकाले योजनावद्ध रुपमा काम गर्ने बताए । तिलोत्तमा नगरपालिकामा १२ वर्षमाथिका १ लाख २८ हजार ५३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप लगाएकामध्ये १२ देखि १७ वर्षका १४ हजार ८० जना र १८ वर्षदेखि माथिका ८१ हजार ८८६ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण