जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
सोमबार, १६ फागुन २०७८, १९ : ५४
जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न लघुवित्त र क्यापिटलबीच सम्झौता भएको हो ।
सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक बासु थपलियाले हस्ताक्षर गरेका हुन्‌ । सम्झौता २०७८ फागुन १३ गतेदेखि लागू हुने प्रभु क्यापिटलले जानकारी दिएको छ ।
सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम्‌ सेयरधनीहरूको लगत अद्यावधिक लगायत काम गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण