बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जाल्पा लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

सोमबार, १६ फागुन २०७८, १९ : ५४
सोमबार, १६ फागुन २०७८

जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड ​ नियुक्त भएको छ । सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्न लघुवित्त र क्यापिटलबीच सम्झौता भएको हो ।

सम्झौतामा जाल्पा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विमला योगी र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक बासु थपलियाले हस्ताक्षर गरेका हुन्‌ । सम्झौता २०७८ फागुन १३ गतेदेखि लागू हुने प्रभु क्यापिटलले जानकारी दिएको छ ।

सेयर राजिष्ट्रारको रूपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्तको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवम्‌ सेयरधनीहरूको लगत अद्यावधिक लगायत काम गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप