युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने
रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् ।
पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म युक्रेनका ठूला शहर कब्जा गर्न सकेको छैन ।
रूसविरुद्ध लड्न युक्रेनले अन्तरराष्ट्रिय सहायता र समर्थन मागिरहेको छ । अमेरिका र पश्चिमा मुलुकले पनि हतियारसहित बन्दोबस्तीका सामान युक्रेनतर्फ पठाइरहेका छन् ।
यसैबीच, बेलारूसँगको सीमामा यतिखेर रूस र युक्रेनका प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा युक्रेनले रूसलाई तत्काल गोलाबारी बन्द गर्न र सेनालाई पछि हटाउन माग राखेको छ । रूसले भने वार्ताको तयारी हुँदैगर्दा आणविक हतियारलाई तयार राख्न सेनालाई निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण