आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने

सोमबार, १६ फागुन २०७८, २० : ५४
सोमबार, १६ फागुन २०७८

रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् । 

पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म युक्रेनका ठूला शहर कब्जा गर्न सकेको छैन ।

रूसविरुद्ध लड्न युक्रेनले अन्तरराष्ट्रिय सहायता र समर्थन मागिरहेको छ । अमेरिका र पश्चिमा मुलुकले पनि हतियारसहित बन्दोबस्तीका सामान युक्रेनतर्फ पठाइरहेका छन् ।

यसैबीच, बेलारूसँगको सीमामा यतिखेर रूस र युक्रेनका प्रतिनिधिबीच वार्ता भइरहेको छ । वार्तामा युक्रेनले रूसलाई तत्काल गोलाबारी बन्द गर्न र सेनालाई पछि हटाउन माग राखेको छ । रूसले भने वार्ताको तयारी हुँदैगर्दा आणविक हतियारलाई तयार राख्न सेनालाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप