युद्ध असर : युक्रेनमा अक्सिजन अभाव, बेलायतमा पेट्रोलको भाउ आकासियो
रूसले हमला गरेपछि युक्रेनमा यतिखेर कोरोना संक्रमित बिरामी र लडाइँमा घाइते भएकाहरूको उपचार निम्ति मेडिकल अक्सिजन अभाव भएको छ । अक्सिजन आपूर्ति खतराको स्तरमै झरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।
मेडिकल अक्सिजन बोक्ने ट्रक लडाइँका कारण अस्पतालसम्म पुग्न सकिरहेका छैनन् । राजधानी कियभका अस्पतालहरूमा अक्सिजन नहुँदा हाहाकार मच्चिएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । आउँदो २४ घण्टाभित्र त्यहाँ सबै मेडिकल अक्सिजन स्टक सकिने स्थिति छ ।
डब्ल्यूएचओले पोल्याण्डको मार्ग भएर युक्रेनमा अक्सिजन पठाउने व्यवस्था मिलाउने प्रयास गरिरहेको जनाएको छ । युक्रेनका कतिपय अक्सिजन प्लान्टहरूमा आवश्यक जियोलाइट नै अभाव भएको डब्ल्यूएचओले जानकारी दिएको हो । जियोलाइटबाटै सुरक्षित मेडिकल अक्सिजन उत्पादन गरिन्छ ।
अर्कोतिर, बेलायतमा पेट्रोलको मूल्य अचाक्ली महँगिएको छ । कच्चा तेलको मूल्यमा भएको अत्यधिक वृद्धि असर त्यहाँका पेट्रोल पम्पहरूमा देखिन थालेको छ । सोमबार बेलायतमा पेट्रोलको मूल्य प्रतिलिटर १.५१ पाउण्ड पुगेको छ । डिजेलको मूल्य पनि १.५५ पाउण्ड पुगेको छ । कच्चा तेलको सबैभन्दा ठूलो निर्यातक रूस हो, जो अहिले युक्रेनमा हमला गरिरहेको छ ।
बेलायतले आफूलाई आवश्यकमध्ये ६ प्रतिशत तेलमात्रै रूसबाट आयात गर्ने गर्छ । युक्रेनविरुद्ध हमला गरेपछि यतिखेर रूसमाथि अन्तरराष्ट्रिय प्रतिबन्ध लागेको छ । यो प्रतिबन्धका कारण आपूर्ति नहुँदा तेलको मूल्य निकै बढ्ने आंकलन छ । (बीबीसी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण