शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कोइला खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

मङ्गलबार, १७ फागुन २०७८, १२ : ५५
मङ्गलबार, १७ फागुन २०७८

कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो । 

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप