बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक

मङ्गलबार, १७ फागुन २०७८, १९ : २९
मङ्गलबार, १७ फागुन २०७८

काठमाडौं महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहितको सहभागितामा उक्त शोध ग्रन्ध सार्वजनिक गरिएको हो । 

आर्थिक वर्ष २०७७÷७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो । सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनोट भएका १० युवासँग ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो । 

कामपाले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित ‘मेयर्स रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गरेको हो । अनुसन्धानको पहिलो चरणमा अध्ययन गरिएका विषयमा ‘कामपा क्षेत्रभित्र रहेका विद्यालयमा रोगसम्बन्धी जोखिम र स्वस्थ जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदलयात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव ः काठमाडौंको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार नक्साङ्कनसम्बन्धी अध्ययन, काठमाडौं उपत्यकाभित्रको वायु गुणस्तर र वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन र काठमाडौंका सामुदायिक विद्यालयका शिक्षिकाको अवस्था छन् । 

त्यस्तै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौं उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बन स्टक सम्भाव्यता वृक्षरोपणसम्बन्धी अध्ययन, कामपाका ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानुन, नीति र प्रमाणसम्बन्धी अध्ययन, कामपाको नवीन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकतासम्बन्धी अध्ययन, कामपा क्षेत्रभित्र नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी विषय छन् । कामपा सहरी विकास व्यवस्थापन ९योजना तर्जुमादेखि कार्यान्वयनसम्म० मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान समेटिएको छ ।

प्रतिवेदनले आगामी निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न सहज हुने भन्दै कामपाका प्रमुख शाक्यले स्थानीय परिवेश बुझ्न अनुसन्धानकर्ताबाट विकासमा युवा सहभागितालाई उत्साह हुने व्यावहारिक कार्यक्रमको पनि अपेक्षा गरिएको बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप