पार्टी ठुलो बनाउने नाममा धेरै गल्ती भए अब त्यस्तो हुन्न : कमल थापा
राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटी, कमी कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन् । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् ।
अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरु भएकोले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने अठोट गरे । सम्बर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै थापाले परिवर्तन पश्चात् मुलुक त्रुटिपूर्ण मार्ग चित्रबाट जबर्जस्ती अगाडि बढाइएकोले संकटको दलदलमा भासिएको बताए ।
थापाले राप्रविसंघका नेता तथा कार्यकर्तालाई शिक्षा क्षेत्रमा भएको विकृति विसंगतिको अन्त्यका निमित्त सक्रियतापूर्वक भूमिका खेल्न आग्रह गरे । कार्यक्रममा राप्रपा नेपालका नेताहरु राजाराम बर्तौला, लाक्पा लामा, ममता राई, उज्ज्वल पोखरेल, नगेन्द्र देउजा, सुजन अधिकारी, लक्ष्मण कँडेल, विद्यार्थी नेताहरु कमल बम , शशी भण्डारी ,दिपेश शाह, राजु गैरे, त्रिबिक्रम सिंह लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण