बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

भारतीय टिभी प्रस्तोता युक्रेनमाथि गरिएको प्रत्यक्ष प्रशारणमा गलत व्यक्तिमाथि खनिएपछि... (भिडियो )

शुक्रबार, २० फागुन २०७८, १५ : ५४
शुक्रबार, २० फागुन २०७८

एक भारतीय समाचार प्रस्तोताले युुक्रेनी संकटका बारेमा बहस गर्दा गलत व्यक्तिलाई गाली गरेपछि ख्यालठट्टा र मिम बनाउनेहरुलाई एउटा मसला बनेको छ ।  राहुल शिवशंकरले झन्डै २ मिनेटसम्म युक्रेनी पत्रकारको आलोचना गरेका थिए । उनले युक्रेनी पत्रकारलाई अमेरिकी विदेश नीति टिप्पणीकार डेनियल म्याकएडम्स ठानेर धाराप्रवाह रुपमा गाली गरिरहेका थिए । 

अर्का वक्ता, म्याकएडम्सले बोलेपछि मात्रै आफूले गलत व्यक्तिलाई गाली गरिरहेको महसुस गरे । 

यतिबेला शिवशंकर आफ्नो शो इन्डिया अपफ्रन्टका लागि रन पल इन्स्टिच्युटका कार्यकारी अध्यक्ष म्याकअडाम्स र किभ पोस्टका प्रमुख सम्पादक बोहदा नहेलोसँग कुरा गरिरहेका थिए । 

तर यी दुई व्यक्तिको नाम र पद अन एयरमा गलत स्थानमा राखिएको थियो त्यसैले नहेलोलाई म्याकअडाम्स बताइएको थियो ।

उनीहरुबीचको यो दृश्य निकै भाइरल भइरहेको छ । यसले म्याकएडम्सलाई भारतमा शीर्ष ट्वीटर ट्रेन्डमा पुु¥याएको छ ।

भाइरल भिडियोमा शिवशंकरले ‘ड्यानियल म्याकएडाम्स’ लाई ‘चिल पिल’ लिने सल्लाहसहित सुरु हुन्छ । 

त्यसपछि नहेलोले आफ्नो देश युद्धमा होमिएका कारण कुनै पनि हालतमा रिल्याक्स हुन नसक्ने बताउँछन् । 

त्यसपछि यी दुईबीच चर्काचर्की हुन्छ र अन्त्यमा म्याकअडाम्स आफैंले ‘म मिस्टर म्याकअडाम्स हुँ र मैले एक शब्द पनि बोलेको छैन’ भनेपछि भ्रम चिरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप