जारा र पेपलले पनि बन्द गरे रुसमा सेवा
आइतबार, २२ फागुन २०७८, १४ : ३७
स्पेननिस फेसन कम्पनी जारा र अमेरिकी भुक्तानी प्रदायक कम्पनी पेपलले रुसमा सेवा बन्द गरेका छन् । छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेपछि यी दुई कम्पनीले पनि रुसमथि प्रतिबन्ध लगाउँदै सेवा बन्द गरेका हुन् ।
स्पनेनिस कम्पनी जाराले रुसमा आफ्ना ५०२ स्टोरबाट रुसमा सेवा प्रदान गर्दै आएको थियो । अब ती सबै स्टोर बन्द हुने समाचार संस्था बीबीसीले जनाएको छ । यस्तै, अनलाइन भुक्तानी सेवा प्रदायक पेपलले पनि रुसमा सेवा बन्द गरेको छ ।
जाराले रुसमा रहेका सयौं स्टोर बन्द गरेसँगै ९ हजारभन्दा बढी रोजगार प्रभावित हुने बताइएको छ । यसअघि, अन्तर्राष्ट्रिय ब्राण्डहरूले रुसमाथि सेवा बन्द गरिसकेका छन् । रुसमा, एप्पल, नेटफ्लिक्स, गुगल, रोल्स रोयस, जनरल मोटर्स जस्ता ठूला अमेरिकी ब्राण्डले यसअघि नै सेवा बन्द गरिसकेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण