बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल एयरलाइन्सले पायो साउदीका विभिन्न शहरमा उडानको अनुमति

आइतबार, २२ फागुन २०७८, १८ : १६
आइतबार, २२ फागुन २०७८

नेपाल एयरलाइन्सले साउदी अरबका विभिन्न शहरमा उडान भर्न पाउने गरी अनुमति पाएको छ । साउदी अरबको नागरिक उड्डयन प्राधिकरणले सोमबार निगमलाई रियाद, दमाम तथा जेद्दामा उडान भर्न पाउने गरी अनुमति प्रदान गरेको हो । 

साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको उपस्थितिमा निगमलाई उडान अनुमति प्राप्त भएको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको विशेष निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा यो उडान अनुमति प्राप्त भएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

निगमले अप्रिल २०२२ बाट नै व्यावसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा साताको तीन वटा नियमित उडान शुरु गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप