कर्णालीका अर्थमन्त्रीको सम्पत्ति : ७५ हजार मौज्दात, १३ लाख ऋण
कर्णालीका आर्थिक मामिला तथा कानुन मन्त्री विन्दमान विष्टले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनकी श्रीमति पूजा दर्लामी (विष्ट)को नाममा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोइलीमा कित्ता नम्बर ३१५० को २० लाख बराबरको जग्गा रहेको छ ।
उक्त जग्गा पनि पुख्र्यौली सम्पत्ति र ऋण गरेर जोडेको उल्लेख गरेका छन् । विष्टले आफ्नी श्रीमतीको माइतीबाट वीरेन्द्रनगर नगरपालिका –३ मा कित्ता नं. १८६१ र ०–०–८.२५ क्षेत्रफलमा जग्गा रहेको बताएका छन् । सुर्खेत बराहताल गाउँपालिका–१ घर भएका उनको चल सम्पती विवरणमा विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ ।
मन्त्री विष्टको अहिलेसम्म मौज्दात रकम भने ७५ हजार मात्रै रहेको उल्लेख गरेका छन् । एनआईसी एशिया बैंकमा मन्त्री विष्टको ३५ हजार र पुर्जा दलार्मी (विष्ट)को राष्ट्रिय वाणिज्य बैंक काठमाण्डौंमा ५० हजार मौज्दात रहको छ । उक्त रकम पारिश्रमिकबाट जम्मा गरिएको उल्लेख छ ।
यस्तै मन्त्री विष्टको नाममा २ लाख ६० हजार बराबरको मोटरसाईकल रहेको छ भने श्रीमतीको नाममा १३ लाख ऋण रहेको विवरणमा उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रबाट विष्ट गत मंसिर १४ गते मन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण