रसुवामा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो
सुख्खा मौसम सुरु भएसँगै रसुवाको वन क्षेत्रमा डढेलो लाग्न थालेको छ । शनिबारदेखि लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र र वन क्षेत्रमा डढेलो लाग्न थालेको हो । वन क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका-१ रोङ्गादेखि दाहालफेदी सामुदायिक वन र नाकथलीको लेकको जंगलमा शनिबार बिहानदेखि डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मिले जानकारी दिए । ‘रोङ्गामा निर्माणाधीन लाङटाङ भोटेकोसी जलविद्युत आयोजनाको ड्यामभन्दा माथि दाहालफेदी सामुदायिक वनमा शनिबार बिहानदेखि आगलागी सुरु भएको हो,’ उनले भने, ‘सुकेको खरघाँसमा आगलागी भएको सुरु भएको थियो, दाहालफेदी सामुदायिक वन र नागथलीको लेकको जंगलमा आगलागी भएको छ, हावा चलेकाले नियन्त्रणमा ल्याउन समस्या भएको थियो, लेकमा हिउँ पनि नपग्लिसकेको र ओसिलो भएकाले आगो कम हुँदै गएको छ ।’
लामटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका(२ को खैदीस्थित जंगलमा पनि आइतबार रातिदेखि डढेलो लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए ।
वन र निकुञ्ज क्षेत्रको भिरपाखामा लागेको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन् । डढेलो नियन्त्रणका लागि निकुञ्जको सुरक्षार्थ खटिएको सेना, निकुञ्जका कर्मचारी र वन क्षेत्रका कर्मचारी खटिएका छन् । भिरपाखामा लागेको डढेलो नियन्त्रण गर्न समस्या भएको बताइएको छ । डढेलो नियन्त्रणका लागि स्रोत साधन नहुँदा समस्या रहेको बताइएको छ ।
यो वर्षको सुख्खायाम सुरु भएसँगै शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा करिब दुई सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय रसुवाका प्रमुख अनिल रेग्मीले बताए । करिब १० हेक्टर निकुञ्ज क्षेत्रको जंगलमा आगलागी भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले बताए ।
वनजंगलमा लागेको आगो मावन बस्तीभन्दा टाढा छ । वनजंगलमा डढेलो किन र कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।सुख्खा मौसम सुरु भएसँगै रसुवाको वनजंगलमा हरेक वर्ष डढेलो लाग्ने गरेको छ । हरेक वर्ष फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण