शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि सिट ल्याउँछौँ : एमाले सचिव महासेठ

सोमबार, २३ फागुन २०७८, १७ : १४
सोमबार, २३ फागुन २०७८

नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे । 

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं । एमालेको लोकप्रियता जनताको बीचमा छ । २०७४ को निर्वाचनमा झैं जनताले विश्वास गरेर हामीलाई जिताउने छन् । एमालेको २०७४ सालको निर्वाचनको भन्दा कम सिट आउँदैन, बरु बढि नै आउँछ ।’ उनले देश निर्वाचनमय भैसकेको पनि उल्लेख गरे । 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई चाहिने/नचाहिने कुरा भनेर ठगिरहेको आरोप लगाए । उनले रुस–युक्रेनलाई युद्ध रोक्नको लागि नेपाल सरकारले आह्वान गर्नुपर्ने उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप