एमालेले एक्लै चुनाव लड्छ, ०७४ को भन्दा बढि सिट ल्याउँछौँ : एमाले सचिव महासेठ
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने घोषणा गरेका छन् । उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडेपनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरे ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हाँसिल गर्ने दाबी गरे । उनले भने,‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं । एमालेको लोकप्रियता जनताको बीचमा छ । २०७४ को निर्वाचनमा झैं जनताले विश्वास गरेर हामीलाई जिताउने छन् । एमालेको २०७४ सालको निर्वाचनको भन्दा कम सिट आउँदैन, बरु बढि नै आउँछ ।’ उनले देश निर्वाचनमय भैसकेको पनि उल्लेख गरे ।
पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता महासेठले रुस–युक्रेन युद्धबारे नेपाल सरकार हतार गरेर युक्रेनको पक्षमा उभिएको भन्दै कडा आलोचना गरे । उनले सरकारले जनतालाई चाहिने/नचाहिने कुरा भनेर ठगिरहेको आरोप लगाए । उनले रुस–युक्रेनलाई युद्ध रोक्नको लागि नेपाल सरकारले आह्वान गर्नुपर्ने उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण