आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बिडारीले पाए माओवादीमा जिम्मेवारी

सोमबार, २३ फागुन २०७८, १७ : २५
सोमबार, २३ फागुन २०७८

राष्ट्रियसभा सदस्यको कार्यकाल समाप्त भएलगत्तै रामनारायण बिडारी माओवादीको केन्द्रीय सदस्य बनेका छन् । बिडारीको फागुन २० गतेमात्रै राष्ट्रियसभा सदस्यको चार बर्षे कार्यकाल सकिएको थियो ।

माओवादी निकट कानुन व्यवसायी समेत रहेका बिडारी सोमबारको केन्द्रीय समिति बैठकमा थपिएका ९७ केन्द्रीय सदस्य मध्येमा पर्छन् । उनी वागमती प्रदेशको खसआर्य पुरुष क्लस्टरबाट केन्द्रीय सदस्य बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप