लुम्बिनीका ५ जिल्लामा बढ्दै लागुऔषध कारोबार
लुम्बिनी प्रदेश राजधानी दाङसहित, पश्चिम नवलपरासी, बाँके, बर्दिया, कपिलवस्तु दाङ र रुपन्देहीमा लागुऔषध कारोबार मौलाउँदै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्न कम पक्राउ परे पनि उल्लेख्य रुपमा सुधार हुन सकेको छैन् । प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न करिब ३ हजार कारोबारी पक्राउ परेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका अनुसार प्रदेशमा आर्थिक वर्ष २०७५/७६ देखि हालसम्म लागुऔषध कारोबारमा संलग्न २ हजार ९ सय ९८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेशी नागरिक समेत रहेका छन् । चार वर्षको अवधिमा १ सय ११ विदेशी नागरिक लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । पक्राउ परेका विदेशीहरु सबै पुरुष रहेका छन् ।
प्रदेशमा चार वर्षको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेका करिब ३ हजार कारोबारी पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता एसएसपी केदार घिमिरेले जानकारी दिए । चालु वर्षको करिब सात महिनाको अवधिमा मात्रै ३ सय ८२ पुरुष र २५ जना महिला लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०७५/७६ मा १ हजार २ सय ११ जना पक्राउ परेका छन् भने आर्थिक वर्ष २०७६/७७ मा ८ सय २ जना कोरोबारी पक्राउ परेका छन् । यसैगरी आर्थिक २०७७/०७८ मा ५ सय ७९ जना र चालु आर्थिक वर्षको माघ अन्तिमसम्म ४ सय ७ जना पक्राउ परेका छन् । प्रदेशमा चार वर्षको अवधिमा २ हजार ८ सय ५ जना पुरुष रहेका छन् भने १९३ जना महिला पक्राउ परेको प्रवक्ता घिमिरेले बताए । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण