बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको रामकोटमा परिवारका ५ सदस्यले विष खाए, १ जनाको मृत्यु *

सोमबार, २३ फागुन २०७८, २२ : ४५
सोमबार, २३ फागुन २०७८

काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा एकै परिवारका ५ जनाले विष खाएका छन् । विष सेवनबाट नागार्जुन नगरपालिका–६ डाँडापौवामा डेरा लिएर बस्ने सुवर्णमान प्रधानको मृत्यु भएको छ ।
परिवारका ५ सदस्यले विष सेवन गरेको र एकजनाको अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए ।

विष सेवनपछि अचेत अवस्थामा फेला परेका ४ जनालाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा पठाइएको छ । उनीहरु डा.उद्धव पुरीको घरमा डेरामा बस्दै आएका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुकाअनुसार घटनास्थलमा सल्फस लगायत किटनाशक औषधीका बट्टा भेटिएका छन् ।

प्रहरीका अनुसार ३८ वर्षीय भीम प्रधान, ३५ वर्षीया मन्दिरा डंगोल, ६२ वर्षीया ईन्दिरामाया प्रधान र ११ वर्षीया सुप्रेण प्रधानको उपचार भइरहेको छ  । सोमबार बिहान ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ स्थित नल्लुमा २ दिने शिशुसहित ५ जनाको मृत्यु भएको थियो । घरमा सुतिरहेको अवस्थामा ४ जना मृत भेटिएका हुन् भने दुई वर्षीय शिशुलाई उपचारका लागी लैजाँदै गर्दा पाटन अस्पतालमा मृत्यु भएको थियो ।

(यसअघि प्रकाशित समाचारमा प्रहरीको सूचनाको आधारमा अन्यथा हुन गएको हुनाले सच्याइएको छ ।–सम्पादक)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप