सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भने-चुनाव चिह्न हरियो बनाउने आयोगको निर्णय अमान्य

मङ्गलबार, २४ फागुन २०७८, १५ : ३५
मङ्गलबार, २४ फागुन २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे । 

उनले भने–‘निर्वाचन आयोगले चुनाव चिह्न हरियो बनाउने रे ? कुन हिसाबले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ?  कि कसैको चुनाव चिह्न हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिह्न रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि ! मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन । मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदी आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’

उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्धा जितेर आएको भन्दै ब्यङ्ग्य गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप