बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टर्कीमा बिहीबार २०० बढी उडान रद्द हुने

बुधबार, २५ फागुन २०७८, २० : २५
बुधबार, २५ फागुन २०७८

टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन् । इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका हुन् । 

उनीहरूले बुधबार बताए अनुसार, इस्तानबुल विमानस्थलबाट बिहीबार हुने १८५ ओटा  उडान रद्द भएका हुन । ती मध्ये आन्तरिक उडान अन्तर्गत १४४ ओटा र ७१ ओटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन । त्यसैगरी अनाडेलुजेटका २० आन्तरिक उडान पनि रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । मौसममा सुधार नभएमा अरु उडान पनि रद्द हुन सक्ने उनीहरूले आशंका व्यक्त गरेका छन्। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप