कार्यसम्पादनमा जुम्लाको गुठीचौर गाउँपालिका पहिलो
जुम्लाको गुठीचौर गाउँपालिका कार्यसम्पादनमा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा जुम्लाको गुठीचौर गाउँपालिका पहिलो बनेको हो ।
आयोगले आव ०७९–०८० का लागि स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदानतर्फ स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनबापत प्राप्त गरेको अंक सहितको प्रतिवेदन १८ फागुनमा सार्वजनिक गरेको थियो । सोही प्रतिवेदनअनुसार कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये गुठीचौर गाउँपालिका तेस्रो भएको छ । उसले ६५ दशमलब शून्य २ अंक ल्याएको छ ।
गुठीचौर गाउँपालिकाले झारज्वाला घट्ट, लिफ्ट इरिगेसन र विगारे लिफ्ट इरिगेसन, रेडियो गुठीचौरको स्थापना, विपन्नसँग अध्यक्ष कार्यक्रम गुठीचौरवासीको स्वास्थ्य सुधार, एकल पुरुष तथा महिलालाई भत्ता वितरण,कृषि क्षेत्रमा पकेट जोन तथा ब्लक स्थापन गरी सञ्चालन, व्युटाकुलर निषेध, प्राविधिक शिक्षा, छात्रालाई छात्रवृत्तिलगायतका महत्वपूर्ण काम गरेको पालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताए ।
उनका अनुसार किसानलाई व्यावसायिक बनाउन फुजी स्याउ खेतीमा पालिकाले अनुदान दिएको छ । प्रत्येक बस्तीमा मोटरबाटो पुगेको छ । प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था गरेको छ । प्रत्येक विद्यालयमा भूकम्प प्रतिरोधी संरचनाको विकास गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देवकोटाले बताए । उनका अनुसार उज्यालो गाउँपालिका अन्तर्गत गाउँपालिकाका सबै घर बस्तीमा विद्युतीकरण गरिएको छ । कोभिड–१९ बाट नागरिककलाई बचाउन अक्सिजनसहित कोभिड अस्पतालको स्थापना गरिएको छ । न्यून आय भएका नागरिकलाई स्वास्थ्य वीमाको व्यवस्था गरिएको छ ।
गुठीचौरले पर्यटकीय क्षेत्रको विकास तथा विस्तारका लागि पर्यटकीय क्षेत्रमा सडक बाटोको विस्तार गरेको छ । गुठीचौर गाउँपालिका-४ को चिमारा मालिका र डोल्पासम्म पुग्ने सडकको विस्तार गरिएको छ । पालिकाले आधुनिक काठेपुल निर्माण, स्याउ बगैंचा व्यावस्थापन तथा ओखर बगैंचा व्यवस्थापन, वातावरण संरक्षण, वडा नम्बर २ र ३ मा एक घर एक ग्यास चुलो वितरण गरेको छ । गाउँपालिकाले डिजिटल गाउँपालिका अप्टिकल फाइवर बस्तीहरुमा विस्तार गरेको उपाध्यक्ष जानदेवी ऐडीले बताइन् । उनका अनुसार चोत्र तथा कोल्तेमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न होमस्टे सञ्चालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष र इजरायली राजदूतबिच भेटवार्ता
-
ब्रिटिश गोर्खा सैनिकबारे परराष्ट्रमन्त्री खनाले गरे बेलायतसँग संवाद
-
संविधानको आधारभूत संरचना बदल्न खोजिए अदालतमा चुनौती दिन्छौँ : वरिष्ठ अधिवक्ता शाक्य
-
अर्बिट समूहद्वारा भ्याटसहितको वैधानिक पीटीई सेवा सुरु
-
भविष्यका वास्तुकार र डिजाइनरलाई सम्मान गर्दै एशियन पेन्ट्सको पुरस्कार वितरण सम्पन्न
-
राप्रपाको आन्तरिक विवाद : कुटपिट प्रकरणमा ६ महिला कार्यकर्तालाई जरिवाना र उपचार खर्च भराउने फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण