खाएपछि गोहीले झैं आँशु झार्ने मानिस भेटिए चीनमा
एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।
चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै सोचेनन् तर लामो समयसम्म चपाउँदा उनको अवस्था उल्लेख्य रुपमा खराब भयो र यसले उनको सामाजिक जीवनमा हस्तक्षेपसमेत गरेको थियो ।
झाङले सुरुमा सार्वजनिक रुपमा खान छोडे । किनकि उनी मानिसहरुको माझ आफ्नो आँशु झरिरहेको देखाउन चाहँदैनथे । त्यसैले उनी एक्लो भए । यसलाई सधैँभरी लुकाएर बस्न नसकिने निष्कर्षसहित उनले डाक्टरलाई देखाउने निर्णय समेत गरे ।
गत महिना झाङ जाँचका लागि उहानको अस्पताल गएका थिए । चिकित्सकले उनमा ‘गोहीको आँसुको लक्षण’ भएको दुर्लभ चिकित्सा अवस्था भएको पत्ता लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
-
महाभारतकालीन इतिहाससँगै धर्म र पर्यटनलाई जोड्दै भुटनदेवी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण